|
|
२०८२ असार १०
408 views
ललितपुर - ललितपुर । टिकटकर रमा बस्नेतलाई पक्राउ गर्नुको कारण देखाउ आदेश जारी भएको छ ।
रमाका बाबु बलदेव बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साईबर व्यूरो लगायतलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाईपछि उनलाई कारण देखाउ आदेश जारी भएको हो ।
साइबर व्यूरोले टिकटकर बस्नेतलाई विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

बिजनेस पाटी