२०८२ भाद्र ६ | Aug 22, 2025

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा : अनुसन्धानमा तानिएका २३ जनालाई माथि भने मुद्दा नचल्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २५

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको छ । नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा पहाडी निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारले तत्कालीन प्रबन्ध निर्देशक पौडेल, निर्देशक पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनीता श्रेष्ठ, निमित्त निर्देशक अमूल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धकहरु राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नबल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण, परमात्मा भट्टराईलाई प्रतिपक्षी बनाएको छ । यसैगरी एसिया इन्फो लिंकेज तथा उक्त कम्पनीका वरिष्ठ निर्देशक लङ योङ, सीआरबीटी एन्ड प्रोजेक्ट अफिसका हुवाङ वेइ र अरनिको इन्टरनेसनलका निर्देशक शैलेस श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । नेपाल दूरसञ्चार कम्पनी र चिनियाँ कम्पनी एसिया इन्फो लिंकेजबिच भएको ठेक्का सम्झौतामा ३३ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो ।

 

अख्तियारले यस प्रकरणमा अनुसन्धानमा तानिएका २३ जनालाई भने मुद्दा नचल्ने निर्णय गरेको छ। तत्कालीन तत्कालीन सञ्चालक समितका अध्यक्ष हरिप्रसाद बस्याल, डा.वैकुण्ठ अर्याल, सदस्यहरू सहसचिव भूपाल बराल, उत्तरकुमार खत्री, शङ्कर लामिछाने, कम्पनी सचिव राजेन्द्र अर्याल, तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र तत्कालीन प्राविधिक अधिकृत भानुराज श्रेष्ठविरुद्ध मुद्दा दायर नगरिएको हो ।

यसैगरी तत्कालीन निर्देशक राधाकृष्ण ढुङ्गेल, तत्कालीन नायव प्रबन्ध निर्देशक मिनु प्रधान, तत्कालीन निर्देशक सविना मास्के, तत्कालीन प्रबन्धक हरि ढकाल, गंगासागर मातंछे, कुमारप्रसाद खतिवडा, प्रकाश मानन्धर, सुबोध रिमाल, शोभन अधिकारी, अनुप रेग्मी, तत्कालीन उपप्रबन्धक मणिराज पौडेल, सुदिपराज घिमिरे र सरोज प्रधान, सन्तोष भण्डारी मुद्दा नचल्ने निर्णय गरिएको हो । यस्तै तत्कालीन वरिष्ठ इन्जिनियर प्रयाग खड्कालाई पनि मुद्दा नचलाउने निर्णय अख्तियारले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया