
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण विश्वभरका शेयर बजारमा ठूलो गिरावट आएको छ। गत हप्ता अमेरिकी शेयर बजार नराम्रोसँग क्र्यास भएपछि यसको असर सोमबार जापानसहितका एशियाली बजारमा समेत देखिएको छ।
एकाएक शेयर बजारको यस खालको गिरावटसँगै विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्तिमा समेत अभूतपूर्व गिरावट आएको छ। केवल पछिल्लो २४ घन्टामै विश्वका धेरैजसो अर्बपतिको सम्पत्तिमा अर्बौँ डलरको क्षति भएको छ।
ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका पछिल्ला तथ्यांक अनुसार विश्वका शीर्ष १० धनाढ्य मध्ये सभीले ठूलो आर्थिक क्षति बेहोरेका छन्। सबैभन्दा बढी धक्का अमेजनका संस्थापक जेफ बेजोसलाई लागेको हो, जसको नेटवर्थ १७.२ अर्ब डलरले घटेर हाल २३७ अर्ब डलरमा झरेको छ। यससँगै उनी सूचीकृत धनाढ्यहरूमा चौथो स्थानमा पुगेका छन्।
त्यस्तै, विश्वकै सबैभन्दा धनी व्यक्तिका रूपमा सूचीकृत एलन मस्कको सम्पत्ति ४।०३ अर्ब डलरले घटेर ३५२ अर्ब डलरमा पुगेको छ। मस्कले यो वर्ष मात्रै ८० अर्ब डलरभन्दा बढी गुमाइसकेका छन्।
विश्वका दोस्रो धनीव्यक्ति बनेका ल्यारी एलिसनले पनि ठूलो घाटा व्यहोरेका छन्। उनको सम्पत्ति ९।९४ अर्ब डलरले घटेको छ। योसँगै उनी २९५ अर्ब डलरको सम्पत्तिका साथ दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेका मेटा फेसबुकका मार्क जुकरबर्गको नेटवर्थ ८।०८ अर्ब डलर २६३ अर्ब डलरमा झरेको छ।
विश्वका शीर्ष १० धनी व्यक्तिहरुको सूचीमा नम्बर १ मा रहेका एलन मस्कको कुल सम्पत्ति ४।०३ अर्ब डलरले घटेर ३५२ अर्ब डलरमा झरेको छ। यस वर्ष मस्कले ८० अर्ब डलरभन्दा बढी गुमाएका छन्।
यसबाहेक अन्य धनीव्यक्तिको कुल सम्पत्तिमा आएको परिवर्तनलाई हेर्ने हो भने स्टिभ बाल्मरको सम्पत्ति ३।०२ अर्ब डलरले घटेर १८० अर्ब डलरमा पुगेको छ। जब कि ल्यारी पेजको सम्पत्ति २।३१ अर्ब डलरले घटेर १७० अर्ब डलरमा खुम्चिएको छ।
त्यस्तै सर्गेई ब्रिनको कुल सम्पत्ति २।१८ अर्ब डलरले घटेर १५९ अर्ब डलर, बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति ९२ करोड ८० लाख डलरले घटेर १५२ अर्ब डलर, जेन्सेन हुआङको कुल सम्पत्ति ३।६० अर्ब डलरले घटेर १५१ अर्ब डलर र वारेन बफेटको कुल सम्पत्ति ८९ करोड ६० लाख डलरले घटेर १४३ अर्ब डलरमा झरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया