२०८२ भाद्र ६ | Aug 22, 2025

ट्रम्प कार्यकालमा जन्मिएका हरेक बच्चाको लगानी खाता खोलेर १ हजार डलर जम्मा गरिदिने अमेरिकी सरकारको घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ९

ललितपुर । आर्थिक नीतिलाई राजनीतिक निष्ठासँग जोड्ने चलाखीपूर्ण कदमस्वरुप, अमेरिकी तल्लो सदनका रिपब्लिकनहरुले एउटा नयाँ प्रस्ताव सार्वजनिक गरेका छन् । प्रस्तावअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा जन्मिएका प्रत्येक अमेरिकी बालबालिकाको लगानी खाता खोलिदिने भएका छन् ।

अमेरिकी सरकारले उक्त लगानी खातामा १ हजार अमेरिकी डलर जम्मा गरिदिने भएको छ । यस किसिमको लगानी खातालाई सुरुमा “मागा खाता” भनेर चिनाइए पनि अहिले यसलाई पुनःब्रान्ड गरेर सरलरुपमा “ट्रम्प खाता” भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया