२०८२ आश्विन १६ | Oct 02, 2025

ट्रम्प र मस्कबीचको बढ्दो तिक्तताका कारण एसियाली शेयर बजारमा गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २३
|
51 views

ललितपुर। डोनाल्ड ट्रम्प र एलोन मस्कबीच पछिल्लो समयमा बढेको तिक्तताका कारण एसियाली शेयरमा बजारमा गिरावट आएको विज्ञहरुले टिप्पणी गरेका छन् ।

शुक्रबार बजार खुल्दा धेरै चिनियाँ विद्युतीय सवारी साधन कम्पनीहरूको शेयरमा गिरावट आएको छ। हङकङमा बजार खुल्ने बित्तिकै विश्वको सबैभन्दा ठूलो ईभी कम्पनी बीवाइडीको शेयर लगभग २ प्रतिशतले घट्यो।

त्यस्तै, नियो र ली अटो जस्ता अन्य ठूला कम्पनीहरूको शेयरमा पनि क्रमिक गिरावट आइरहेको छ। यसअघि अमेरिकी शेयर बजारमा टेस्लाको शेयर १४ प्रतिशतभन्दा बढीले घटेको थियो। टेस्लाको शेयर घट्नुको कारण कम्पनीका सीईओ एलोन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बढ्दो मतभेदलाई मानिएको छ।

यद्यपि, अर्कोतर्फ ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको फोन वार्तापछि एसियाली बजारमा थोरै वृद्धि देखिएको छ। यसै समयमा, अष्ट्रेलिया र जापानका प्रमुख सूचकांकहरूमा वृद्धि भएको छ भने हङकङको ह्याङसेङ सूचकांकमा थोरै गिरावट आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया