
सर्लाही । सर्लाहीको बागमतीमा ट्रयाक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । बागमती नगरपालिका–८ स्थित सोल्टीमा ट्रयाक्टरले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
मंगलबार साँझ करिब ७ बजे बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२त२८७ नम्बरको ट्रयाक्टरले स्थानीय सागर बिष्टकी छोरी प्रनिषा बिष्टलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्कालै उपचारका लागि दयन्ति अस्पताल नयाँरोड लगिएको थियो।
दयन्ति अस्पतालमा बाहिर लैजान सुझाव दिएसँगै बालिकालाई तत्काल थप उपचारका लागि वीरगञ्जको बयोधा अस्पतालमा लगिएको थियो। तर, बेलुकाको ककरिब साँढे ८ बजे बालिकालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक सोही ठाउँका १८ वर्षीय मन्जित रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अहिले मृतक बालिकाको शव वीरगञ्जस्थित बयोधा अस्पतालभित्रै राखिएको इलाका प्रहरी वीरगञ्जले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया