ट्रिटनमा “ट्रिटन टक – सिजन १” सम्पन्न

काठमाडौ १६पौष २०७९-काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनलमा. वि.÷कलेजमा विद्यार्थीहरुकै सहभागीतामा “ट्रिटन टक – सिजन १” सम्पन्न गरिएको छ । विद्यार्थीहरुको विषय वस्तुको दायरा फराकिलोे बनाउने उद्देश्यले ट्रिटन टक – सिजन १ कार्यक्रम आयोजना गरिएको हो ।विद्यालयमा अध्ययनरत कक्षा ११, १२ तहका विद्यार्थीहरुलाई कक्षा कोठाको पठन पाठनको सैद्धान्तिक ज्ञानलाई व्यत्ति विकाशमा देखाउने उद्धेश्यले यो कार्यक्रम गरिएको विद्यालयका ट्रिटन टक – सिजन १कार्यक्रम व्यवस्थापकल कमान सिहं आर. सि.ले बताए ।विभिन्न विषय वस्तु समेति ११ वटाशिर्षकमा उक्त कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो धारणा राखेको थिए । उक्तकार्यक्रममा हरेक शिर्षकमा एक जना प्रश्तोता र अर्का एक जना विषय विज्ञका रुपमा प्रस्तुत भएका थिए ।

कार्यक्रमलाई व्यवहारिक र क्षमता वृद्धि प्रदान गर्नका लागि विभिन्न विद्यार्थी, शिक्षक शिक्षिकाबाट पनि जिज्ञाशा राखि विज्ञ मार्पmत भनाईहरु राखिएको थियो ।ट्रिटन टक – सिजन १मा साच्चिकै विभिन्न व्यवसायिक प्रस्तुतीमा हुने सबै प्रक्रिया पुरा गरिएको महसुस भएको विद्यालयका प्रचार्य स. प्रा. मदन शाक्यले बताए । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाईमा प्रभावकारी हुने, यस्ता कार्यक्रममा विद्यार्थीहरुको सहभागिताले तार्किक क्षमता बढ्ने तथा अन्यविद्यार्थीहरुलाई हौसला मिल्ने उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया