२०८२ भाद्र ८ | Aug 24, 2025

ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ८

ललितपुर । नेपाल सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार सोमबार अर्थात् भदौ ९ गते सोमवार २८ दिने ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउन लागिको हो ।
ट्रेजरी बिल भनेको एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्रलाई लिइन्छ । जुन बिल भनेको अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

कार्यालयले ट्रेजरी बिलका लागि भोली दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने जनाएको छ । जसअनुसार भदौ १० गते मंगलवार ट्रेजरी बिल जारी गर्ने कार्यतालिका कार्यालयको छ भने त्यसरी जारी हुने ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुनेछ । ऋण व्यवस्थापन कार्यालयकाअनुसार यसअघि बोलकबोलमा १८२ दिने ट्रेजरी बिलमा २.४८ प्रतिशत र ३६४ दिनेमा २.६० प्रतिशत भारित औसत ब्याजदर तय भएको थियो ।

जसअनुसार बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६२ प्रतिशत र सबैभन्दा कम २.१५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । ट्रेजरी बिलहरू बोलकबोल मार्फत निष्कासन हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement