२०८२ आश्विन १६ | Oct 02, 2025

ट्रेड टावरको आईपीओमा आवेदन दिने म्याद आज सकिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०
|
102 views

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय आज सकिँदैछ । टावरले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको थियो ।

कम्पनीले जेठ १९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेकोमा जेठ १८ गते, नेपाल सरकारले भोटो जात्राको लागि उपत्यकाभित्र सार्वजनिक बिदा दिएकोले निष्काशन अवधि एक दिन थप गरेको थियो।

आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५।१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया