२०८२ फाल्गुन ६ | Feb 18, 2026

ट्रेड टावरको आईपीओ बाँडफाँड, कतिको भयो हात रित्तो ? यसरी हेर्नुहोस् रिजल्ट

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १
|
357 views

ललितपुर । ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आइतबार बाँडफाँड गरेको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीको आईपीओमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएकोमा १४ हजार ८९७ जनाको आवेदन रद्द भएको छ। रितपूवर्क आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई गोला प्रथाद्वारा आईपीओ बाँडफाँड गरिएको हो।

बाँडफाँडमा ३ लाख २९ हजार ६५० जनाले १०÷१० कित्ताका दरले शेयर हात पार्न सफल भएका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ।

नतिजा बिक्रि प्रबन्धक सनराईज क्यापिटलको वेबसाइट https://lscapital.com.np/ipo सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया