२०८२ फाल्गुन ६ | Feb 18, 2026

डलर अर्बपतिको सूचीमा थपिए १४१ जना

BusinessPati बिजनेस पाटी
|
२०८० चैत्र २१
|
867 views

एजेन्सी २०८० चैत २१

फोर्ब्स म्यागजिनले डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ।

फोर्ब्सले यो वर्षको मार्चदेखि स्टक मूल्य र विनिमय दरहरूको आधारमा विश्वका डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको हो।

यो वर्ष डलर अर्बपतिहरूको संख्या १४१ जना बढेको छ। अघिल्लो वर्ष २ हजार ६४० जना डलर अर्बपति रहेकामा यसपालि बढेर २ हजार ७८१ जना पुगेका छन्।

लुई भिटन तथा सेफोरा लगायतका ७५ वटा फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड अर्नाल्ड यसपालि पनि धनाढ्यहरूको सूचीको पहिलो नम्बरमै छन्।

फ्रेन्च अर्बपति बर्नार्डको २२३ बिलियन डलर रहेकको फोर्ब्सले उल्लेख गरेको छ।

टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क सूचीको दोस्रो नम्बरमा छन्। उनको सम्पत्ती १९५ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ।
तेस्रोमा जेफ बेजोस र चौथोमा मार्क जुकरबर्ग छन्।

भारतका मुकेश अम्बानी नवौं नम्बरमा छन्। उनको सम्पत्ति ११६ बिलियन रहेको फोर्ब्सले उल्लेख गरेको छ।

Ncell
नेपालको एकमात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन्। उनको सम्पत्ति १.८ बिलियन डलर रहेको उल्लेख छ।

यसपालि डलर अर्बपतिहरूको सम्पत्ति समग्रमा १४.२ ट्रिलियन डलर पुगेको छ। यो भनेको अघिल्लो वर्षको भन्दा २ ट्रिलियन डलर बढी हो।

डलर अर्बपतिहरुको कुल संख्यामध्ये ८१३ जना अमेरिकी छन्। चीनका ४७३ र भारतका २ सय जना छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया