२०८२ फाल्गुन ६ | Feb 18, 2026

डा रमिल अधिकारी बने सुगम सङ्गीत तर्फको सर्वोत्कृष्ट गीतकार 

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १२
|
5.7k views

ललितपुर । यस वर्षको नवौँ रापती म्युजिक अवार्डमा गीतकार डा रमिल अधिकारीले सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेका छन् । 

काठमाडौँमा शुक्रवार सम्पन्न अवार्डमा गीतकार अधिकारीले आऊ एउटा बाचा गरौँ बोलको गीतबाट सुगम सङ्गीत तर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेका हुन् । 

हाल न्यूजिल्याण्डमा रहेका अधिकारीको प्रतिनिधिको रूपमा  प्रिया कार्कीले अवार्ड ग्रहण गरेकी थिइन् । 

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।  विभिन्न ४२ विधामा प्रदान गरिएको अवार्डमा  सुगम सङ्गीत गायक तर्फको अवार्ड प्रमोद खरेलले जितेका थिए । यी हुन अवार्ड विजेताहरू

१ सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत – हेमराज लामिछाने – हिमाल पहाड तराई

२ सर्वोत्कृष्ट चलचित्र गीतकार – सुरेन्द्र राणा – रुकुम मैकोट

३ सर्वोत्कृष्ट चलचित्र सङ्गीतकार – थानेश्वर गौतम – रात किन हुन्छ 

४ सर्वोत्कृष्ट चलचित्र गायिका – शान्ति श्री परियार – रुकुम मैकोट

५ सर्वोत्कृष्ट चलचित्र गायक – एस।डी। योगी – रुकुम मैकोट

६ सर्वोत्कृष्ट नवगायिका – रेखा पोख्रेल – माया साह्रै छ

७ सर्वोत्कृष्ट नवगायक – सुरज भुसाल – म सँग जान्छौ होला नि

८ सर्वोत्कृष्ट सुगम सङ्गीत गीतकार – डा। रमिल अधिकारी – आऊ एउटा वाचा गरौँ

९ सर्वोत्कृष्ट सुगम सङ्गीत सङ्गीतकार – रोशन सिंह – बस्छौ भने दिल

१० सर्वोत्कृष्ट सुगम सङ्गीत गायिका – मेलिना मैनाली – रित्ती जाने बैसको

११ सर्वोत्कृष्ट सुगम सङ्गीत गायक – प्रमोद खरेल – बस्छौ भने दिल

१२ सर्वोत्कृष्ट सङ्गीत संयोजक – एच।बी।एन। किस्मत – मायालाई पानको पात

१३ सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो निर्देशक – रामजी लामिछाने – बस्छौ भने दिल

१४ सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो मोडेल महिला – कविता न्यौपाने – कलेजी कटाउने माया

१५ सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो मोडेल पुरुष – विक्रम बुढाथोकी – भाग्य लेख्ने भगवान्

१६ सर्वोत्कृष्ट मौलिक लोकगीत – मिना लामा – आकाशको जुन

१७ सर्वोत्कृष्ट लोकदोहोरी शब्द – नेत्र अर्याल – पानको पसल

१८ सर्वोत्कृष्ट लोकदोहोरी भाका – रमेश परियार – यो ओठमा

१९ सर्वोत्कृष्ट लोकदोहोरी गायिका – देवी घर्ती – खोली सलल

२० सर्वोत्कृष्ट लोकदोहोरी गायक – प्रकाश दूतराज – रेसम

२१ सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक – पदम सुवेदी – मन्दिर छ र

२२ सर्वोत्कृष्ट म्युजिक भिडियो छायाङ्कन – विजय भण्डारी – रातो किताब

२३ सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडेल ९महिला० – नारायणी खत्री – करीमैले

२४ सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडेल ९पुरुष० – पल शाह – करीमैले

२५ सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशक – विक्रम चौहान – मायालाई पानको पात

२६ सर्वोत्कृष्ट ध्वनि मिश्रण – विमल छिनाल – दुश्मन हेरेको हेरै

२७ सर्वोत्कृष्ट लोक पप शब्द – सुरेश सिवाकोटी – केलाई हतार

२८ सर्वोत्कृष्ट लोक पप सङ्गीतकार – बी पी वाग्ले – म म नै रहन्न

२९ सर्वोत्कृष्ट लोक पप गायिका – सिम्रन परियार – नजरमा नजर

३००सर्वोत्कृष्ट लोक पप गायक – चक्र बम – सौराई लागि

३१ सर्वोत्कृष्ट डायस्पोरा – मञ्जु कोइराला – ए कान्छा

३२ सर्वोत्कृष्ट चर्चित वर्ष गीत – दुर्गेश थापा – दुश्मन हेरेको हेरै

३३ सर्वोत्कृष्ट देउडा गायिका – रेखा जोशी – सुनौँ कि चाँदी हौ

३४ सर्वोत्कृष्ट देउडा गायक – सुनिल नेपाली – इशाराले बोला

३५ इनकरेजमेन्ट अवार्ड – सन्जु पाठक – किन यस्तो भो जिन्दगी

३६ सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड – अंश बर्मा – सिन्दूर फेर्न मिल्छ

३७० सर्वोत्कृष्ट रापती बाल प्रतिभा अवार्ड – रिदम गन्धर्व

३८ एप्रिसिएसन अवार्ड – किस्ना आचार्य – रोशनी निरीमायाको

३९ सर्वोत्कृष्ट रापती नवप्रतिभा अवार्ड – नमराज खड्का

४० जुरी अवार्ड – उत्साह घिमिरे – पोखरामा साइली

४१ जुरी अवार्ड – अर्जुन पोख्रेल – कसम बत्तीको

४२ जुरी अवार्ड – मीन गुरुङ ( तिमीसँगै

फेसबुकबाट तपाईको प्रतिक्रिया