डिजेल, पेट्रोलको मूल्य बढ्यो

काठमाडौं ३ बैशाख २०८१।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।

भारतबाट मूल्य बढेर आएका कारण बढाउनुपरेको निगमले सोमबार जारी गरेको विज्ञतिमा जनाइएको छ।

बढेको मूल्य अनुसार अब वैशाख ४ गते विहान १ बजेदेखि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया