डी’ रोज टेक्नलोजी, सिटी टेकमा गाभियो

काठमाडौं २९ श्रावण ।
नेपालमा अवस्थीत २० भन्दा वढि वाणिज्य बैंकहरुलाई शाखा रहित बैंकिङ्ग पद्धिति विकास गरी सेवा दिदैं आइरहेको डी’रोज टेक्नलोजीलाई फिनटेक स्टार्ट–अप कम्पनी सिटीटेकले प्राप्ति गर्नको लागी आवश्यक पहल सुरु गरेको छ । वित्तिय संस्थाहरुको लागी सरल र स्वतन्त्र तरिकाले कार्य गर्ने यस फिनटेक स्टार्ट–अप कम्पनीलाई ठुला घराना समुहले प्रवद्धित गरेको छ ।

उक्त मजर्र सम्बन्धि हस्ताक्षर कार्यक्रममा डी’रोज टेक्नलोजी का तर्फबाट नेपाल भुषण गौलि र सिटीटेकको तर्फबाट प्रवन्ध निर्देशक एवम प्रमुख कार्यकारी अधिकृत सजन शर्मा ज्यूले संयुत रुपमा हस्ताक्षर गरी मंगलबारबाट सिटीटेकको नाउँमा कार्य गरिने भएको छ । यि दुई संस्था गाभिएपछि अझ सशक्त र उत्साह थपिनेमा विश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया