२०८२ भाद्र १७ | Sep 02, 2025

डेल्टा अटोकर्प र हुलास फिनसर्भ बिच साझेदारी

BusinessPati बिजनेस पाटी
|
२०८० माघ १०
|
51 views

काठमाडौँ  १०  माघ २०८०-भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड संग साझेदारी गरेको छ । नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रा.लि ले जनाए अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६०% सम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि६ देखि २४ महिना सम्म रहनेछ । यो सुबिधा नेपाल भरका भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ ।डेल्टा अटोकर्प प्रा.लि का सि.इ.ओ तथा निर्देशक विजय महत्तो भन्नुहुन्छ , “डेल्टा अटोकर्प आफ्ना ग्राहकबर्ग हरु प्रतिसमर्पित छ । हामी यो घोषणा गर्न पाउँदा उत्साहित छौ कि डेल्टा अटोकर्पले भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाईनयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गरेको छ । यस सहकार्यले हाम्राग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुबिधा सुनिश्चित गर्दछ ।”हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका महाप्रबन्धक समिर ठाकुर भन्नुहुन्छ, “हाम्रो सरल फाइनान्स सुबिधालेग्राहकहरुका लागि फाइनान्समा स्कुटर खरिद गर्न अबिश्वसनिय रुपमा मद्दत पु¥याँउछ । हाम्रो सरल र सुलभ फाइनान्स प्रकृयाले डेल्टा अटोकर्पसँग साझेदारी गर्दै ग्राहकहरुलाई सुबिधाजनक र सरल फाइनान्स सुबिधाहरु प्रदान गर्नेछौ ।”डेल्टा अटोकर्प प्रा.लि र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड बिश्वस्त छन् कि यस सहकार्यले ग्राहकहरुलाई उत्कृष्टफाइनान्सिङ् सेवा उपलब्ध गराउने र बजारमा आफ्नो पकड बलियो बनाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement