तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओसहित १० जना पक्राउ

काठमाडौँ १५ फागुन २०८०। तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ र पूर्वसीईओ सहित १० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका तत्कालीन सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतम सहित १० जना पक्राउ गरेको हो ।
बैंकिङ कसुरमा उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको बताइएको छ । उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया