२०८२ फाल्गुन ६ | Feb 18, 2026

तरकारीको भाउ आकाशियो, होलसेलमै बन्द ७०, अरु तरकारीको भाउ कति ?

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १०
|
816 views

ललितपुर । अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष हरियो तरकारीको भाउ आकाशिएको छ । अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको मूल्य सूची अनुसार बन्दाको थोक मूल्य नै ७० रुपैयाँभन्दा माथि पुगेको हो ।

समितिका अनुसार आज सानो लोकल गोलभेंडा १०० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल घिउ सिमी १६० रुपैयाँ, तीते करेला १३० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ प्रतिकिलो थोक मूल्य तोकिएको छ। त्यो पनि न्यूनतम मूल्य भनिएको छ ।

यस्तै, हरियो बरेला ६५ रुपैयाँ, रायो साग ६० रुपैयाँ, इस्कुस २० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ र बकुला १५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

यसैगरी, गाजर प्रतिकिलो १२०, भन्टा ६५, मकैबोडी ६०, मटरकोसा १३०, घिउसिमी १६०, टाटे सिमी १३०, तेकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया