२०८२ भाद्र ७ | Aug 23, 2025

तस्कर र प्रहरीबीच दोहोरो भिडन्त, प्रहरीद्वारा अश्रु ग्याँस र हवाइ फायर

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २०

जनकपुरधाम । धनुषामा तस्कर र शासस्त्र प्रहरस्बीच दोहोरो भिडन्त भएको छ । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा हिजो बेलुका सशस्त्र प्रहरी र तस्करीबीच दोहोरो भिडन्त भएको हो ।

बिहीबार साँझ करिव ७ बजेको समयमा तस्करी गरी ल्याएको समान भन्सार छली गरी भित्र्याएर नजिकैको आँप बगैचामा राखेको भन्ने गोप्य सूचना पाएर त्यही सूचनाका आधारमा त्यहाँस्थित सशस्त्र प्रहरीको टोली बगैँचामा पुगेको थियो ।

प्रहरीले बगैंँचामा खातलासी गर्न थालेपछि तस्करहरूको समूहले प्रतिकारस्वरुप भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

दुई पक्षबीच दोहोरो भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।स्थितिलाई नियन्त्रण बाहिर जान नदिन र घटनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया