२०८२ भाद्र ४
255 views

ललितपुर। तीज पर्व नजिकिँदै गर्दा नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको मूल्यमा पनि गिरावट आउन थालेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको हो । जसअनुसार आज बजारमा छापावाल सुनको मूल्य १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया