
ललितपुर। सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तिज अन द वाल (स्पोर्ट क्लाइमिंग) भएको छ । हरेक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा तिज अन द वाल आयोजना गरिएको हो ।
संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तिज अन द वाल कार्यक्रममा यो पटक नेपाली सेनाका महिला जवानहरुले सभागिता जनाउनुका साथै दुई पाङग्रे क्विनका सदस्यहरुले पनि भाग लिएका थिए ।
साहसिक खेल स्पोर्ट क्लाइम्बिडको प्रवर्द्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलाहरुलाई कार्यक्रममा सहभागी गराउँदै आएको सो संस्थाले बताएको छ । महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।
तिजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तिज अन दी वाल सुरु गरिएको उनले बताइन् । तिजमा भगवना शिवलाई पाउन पार्वती माताले कठोर तपस्या पछि प्राप्त गरेको कथा छ ।
त्यस्तै हामीले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर संघर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने सन्देश दिन कार्यक्रम गर्दै आएको जनाइएको छ ।
माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमी स्पोर्टस क्लाईम्बिड। उपत्यका विशेष कमिटी र स्र्पोट्स क्लाईम्बिड। बागमति प्रदेश सँगको सहयकार्यमा यस कार्यक्रम भएको हो
फेसबुकबाट तपाईको प्रतिक्रिया