२०८२ भाद्र ७ | Aug 23, 2025

तीनकुनेमा बसको ठक्करबाट महिलाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २५

काठमाडौँ । काठमाडौँको तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई एकैपटक ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । दुर्घटना पश्चात् घाइते भएकी मोटरसाइकलको पछाडि सवार २३ वर्षीय नगिना तामाङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । उनी नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्दै आएकी थिइन् ।

बसको ठक्करबाट अन्य तीन जना घाइते भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने वर्ष २७ को पदम थापा मगर, भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई हाल शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की र बसमा सवार दोलखा घर भएकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरू तीनै जनाको उपचार भइरहेको छ ।

विहीबार करिव साँढे ६ बजेको समयमा कोटेश्वरबाट बानेश्चर आइरहेको ५९ वर्षीय राम कुमार खड्काले चलाएको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१-०२६ च २९२७ को मारुती भ्यान र सोही दिसाबाट आइरहेको बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् बस चालक, भ्यान र मोटरसाइकल तीनवटै सवारीसाधन बानेश्वर प्रहरी वृत्तको नियन्त्रणमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया