२०८२ भाद्र ७ | Aug 23, 2025

तीन दलका शीर्ष नेताको बैठक स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ५

ललितपुर । आज २ बजेका लागि तय भएको प्रमुख तीन राजनीतिक दलका शीर्षस्त नेताहरुको बैठक स्थगित भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य तीन दलका शीर्ष नेताहरूको बैठक बुधबार पनि स्थगित भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
बुुधबारका पनि बस्ने भनिएको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ बाहिर रहेकाले विहीबार दिउँसो ३ बजेका लागि सारिएको थियो । तर आज पुन बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया