२०८२ असार ३

चितवन। चितवनको तुइन खोलामा पहिरो जाँदा मुग्लिङ–नारायणगढ सड्क अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तुइन खोलामा खसेको सुख्खा पहिरोको कारण उक्त सडक दुबै तर्फ अवरुद्ध भएको हो ।
सुख्खा पहिरोका कारण मुग्लिङ–नारायणगढ सड्क अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय चितवनले जानकारी गराएको छ ।
अहिले पहिरो खसेको स्थानमा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यलयका अनुसार माथिबाट पहिरो खस्न नरोकिएका कारण कति समय लाग्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया