२०८२ श्रावण २८

ललितपुर । आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान घ्रमणबारे संसदलाई जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणका क्रममा भएका भेटघाट र कार्यक्रमबारे संघीय संसद्लाई जानकारी गराएका हुन् ।
साउन २० देखि २३ सम्म भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली साउन १८ गते त्यसतर्फ गएका थिए भने भ्रमण सकेर उनी साउन २३ गते स्वदेश फर्किएका थिए ।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया