२०८२ भाद्र ६ | Aug 22, 2025

तेइस राजनीतिक संगठनकाे एमसिसी विराेध कार्यक्रम

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ६

विभिन्न २३  राजनीतिक संगठनकाे आह्वानमा साेमबार माईतिधर मण्डलामा MCC लगायतकाे विराेधमा एक घण्टा धर्ना बसी संयुक्त विराेध प्रदर्शन गर्‍यो । नेकपा , नेकपा माओवादी क्रान्तिकारी,नेकपा मसाल ,नेकपा माले,जनसमाज पार्टी, नेकपा विप्लव र देशभक्त जनतान्त्रिक माेर्चालगायत २३  संगठनका नेताहरु प्रदर्शन मा थिए ।

कार्यक्रममा नेताहरु पूर्व सांसद परि थापा , हस्तबहादुर केसी ,अर्जुुन कार्की र गुणराज लाेहनीसहित वक्ताहरुले बोल्नु हुँदै  कुनै पनि हालतमा संसदबाट एमसिसी पास गर्न दिनु हुदैन भन्ने कुरामा जाेड दिए ।  कार्यक्रम अबधिभर सुरक्षाकर्मीहरुले जुलुस जान निषेध गरेकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया