२०८२ आश्विन १६ | Oct 02, 2025

तेलको सट्टा डिजलको “भुटुन”, सल्कियो आगो

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ८
|
51 views

मकवानपुर। खाने तेल भन्दै तातो कराईमा पेट्रोलियम पदार्थ डिजेल हालेपछि आगो सल्किएको छ । मकवानपुरको हेटौंडा–८ कमानेस्थित नमुना टोलमा हिजो बेलुका भएको यस किसिमको दुर्घटनामा दुई महिला घाइते भएका छन् ।

पर्सा, वीरगञ्ज महानगरपालिका–३० घर भई हाल मकवानपुरको कमानेस्थित नमुना टोलमा डेरा गरी बस्दै आएका सलाउदिन देवानकी १३ वर्षीया छोरी असिया खातुनले मासु पकाउने क्रममा तातेको कराईमा तेल भन्दै डिजेल हालेपछि आगो सल्केको थियो । आफ्नै शरीरमा आगो लागेपछि खातुनको अनुहार, हात, पिठिउँ र खुट्टा जलेको छ भने उनीसगै बस्ने भारत बिहार राज्य, मोतिहारी जिल्लाकी २५ वर्षीया अफ्रिदा खातुन समेत सामान्य घाइते भएकी छिन्।

आगो घरभरि सल्केपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक विमला कुमारी कठायतको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटना पश्चात् आगो नियन्त्रणमा लिएर घाइतेहरूलाई बुधबार बेलुका नै उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो

भान्साबाट सल्केको उक्त आगोले घरको झ्याल ढोका, धान, चामल र लत्ताकपडा समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया