|
|
२०८२ मंसिर ८
4.6k views
ललितपुर - ललितपुर । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला १ हजार ९०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार भने सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी पनि तोलामा २० रुपैयाँका दरले घटेको छ । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय १५ रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदी ३ हजार १ ३५ रुपैयाँमा कारोबार भएको थियो ।

बिजनेस पाटी