तोलामा १ हजार ५०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १५
|
459 views

ललितपुर - काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube