२०८२ भाद्र ६ | Aug 22, 2025

त्रिभुवन विमान स्थलमा यात्रु अलपत्र-एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १०

ललितपुर । कतारमा इरानले आक्रमण गरेपछी सोमबार मध्यरातिको उडान रद्द हुँदा त्रिभुवन विमान स्थलमा यात्रु अलपत्र परेका छन । हाम्रा प्रतिनिधि बिएस पौडेल बिहान विमानस्थल  पुग्दा यात्रुहरूले बिजनेस पाटी सङ्ग पानी पनि पिउन नपाएको गुनासो गरिरहेका थिए ।

उडान नहुने अवस्थामा एयरलाइन्स कम्पनीले नै बस्ने व्यवस्था गरिदिनु पर्नेमा त्यसो नगरेपछी उनिहरु अलपत्र परेका हुन ।

जाने ठाउँ नभएपछि कतिपय यात्रुहरु विमानस्थलभित्र भुइँमै सुत्न बाध्य भएका थिए । तर, करिब १ बजेदेखि प्रहरीले उनीहरुलाई हटाउन थालेको थियो । नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपालीको बिचल्लीमा परेका हुन । एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया