|
|
२०८२ माघ २
3.3k views
ललितपुर - ललितपुर। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितको टोली पनि आजै निर्वाचन आयोग जाने तयारीमा छन् । शुक्रबार दिउँसो २ बजे थापा नेतृत्वको समितिका पदाधिकारी निर्वाचन आयोग जान लागेका हुन् ।
आज बिहानै देउवा समूहमा रहेका कांग्रेस नेताहरु पूर्णबहादु खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू डा. शशांक कोइराला, मीन विश्वकर्मा, नैनसिंह महरलगायत नेताहरु निर्वाचन अयोग पुगेर आफूहरु नै आधिकारिक भएको बताएका थिए । लगत्तै थापा नेतृत्वको समितिका पदाधिकारीहरु आयोग जाने तयारी गरेका हुन् ।
नेपाली काँग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले विहीबार निर्वाचन आयोग पुगेर नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।

बिजनेस पाटी