२०८२ आश्विन १६ | Oct 02, 2025

दशैंको दिनबाहेक अन्य सार्वजनिक बिदामा बैंक खुला रहने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १
|
1.2k views

ललितपुर । दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनहरूमा बैंक र भन्सार खुला राखिने भएको छ। अर्थ मन्त्रालयले मंगलबार निजी क्षेत्रका प्रतिनिधिसँग गरेको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले यस्तो जानकारी दिएका हुन्।

अर्थसचिव उपाध्यायका अनुसार आयात–निर्यात र वित्तीय कारोबारमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको हो। यसैक्रममा अर्थसचिव उपाध्यायले हालैको पहिरोका कारण अवरुद्ध तातोपानी नाका यथासम्भव छिटो खुलाउन सरकार गम्भीर रहेको समेत बताए।

हिजो (मंगलबार) अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग विस्तृत छलफल भएको थियो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपलगायतका प्रतिनिधिहरूको सहभागिता थियो ।

उद्योगी तथा व्यवसायीहरूले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकमको शीघ्र भुक्तानी लगायतका माग राखेका थिए। यसको जवाफमा अर्थमन्त्री खनालले व्यापार तथा उद्योग क्षेत्रलाई सहजीकरण गर्ने उद्देश्यले सरकार एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउन लागेको बताए। “कर नीति र मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक छ,” उनले आश्वासन दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया