
ललितपुर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन् ।
प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल चलिरहेको उल्लेख गर्दै उनले अब भने परिवर्तन नहुने गरी प्रतियोगिताको मिति तय गरिने बताए ।
आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सुर्खेतमा आयोजना हुने प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेश सरकारसँग छलफल चलिरहेको पनि जानकारी दिए ।
मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सञ्चालनमा भएका वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी छानबिन गर्न एक समिति गठन गर्ने पनि जानकारी दिए ।
मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले प्रदेश र स्थानीय तहलाई खेलकुदका कर्मचारी पठाउने तयारी गरेको जानकारी दिए ।
मन्त्री चौधरीले अलपत्र बनेको फिदिम रङ्गशाला निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया