दाङको गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र ठेकेदार रानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १६
|
867 views

ललितपुर - ललितपुर । भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूलाई करिब ९५ लाख ९८ हजार रुपैयाँ बराबरको राजस्व हिनामिनाको आरोप लगाइएको छ ।

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube