दिगो विकासको आधार : मौलिक विकास

रिसव गौतम
नेपालमा सार्वजनिक बृत्तमा, खासगरी राजनीतिक दलसम्बद्ध बुद्धिजिवीहरुमाझ पुँजीवाद, माक्र्सबाद, समाजवाद, वैज्ञानिक समाजवाद जस्ता विभिन्न थरी वादहरुबारे बहस भइरहन्छ । तर, अर्थशास्त्रको सिद्धान्तहरुले समेत काम नगरेको नेपाली अर्थतन्त्रमा यस्ता वादहरु बुद्धिविलासमा सिमित छ । राजनीतिक दलहरुका सिद्धान्त, नीति कार्यक्रमहरु नै कुनै वाद वा सिद्धान्तनिष्ठ छैनन् । बरु नेपालमा ठगबाद हावी भएको जस्तो देखिन्छ । कम्युनिष्ट हुन् वा काँग्रेस वा अरु राजनीतिक दलहरु सबैमा दलाल, अवसरवाद र परिवारवाद हावी छ । राजनीतिक दलका उपल्ला नेताहरु नै बर्षौदेखि जनता ठग्न अभिशब्द छन् । दुइ दशक अघि नै देशलाई स्वीजरल्याण्ड वा सिंगापुर बनाउँछौं भन्नेहरु अहिले त त्यस्तो बताउन छाडेका छन् । तर देश भने दक्षिण एसियामा अफगानिस्तान पछि दोश्रो र पुरै एसियामा ५ नम्बरको गरिव देशको सुचिमा समावेश छ । संसारभरकै हिसाव निकाल्ने हो भने नेपाल २१० देशहरुमध्ये २९ औं (संयुक्त राष्ट्र संघको एलडीसी सुची) स्थानको अतिकम विकसित राष्ट्रको सुचीमा पर्छ ।
हामी किन गरिव छौ ?
वास्तम्बमा नेपाल भौगोलिक दृष्टिले नै अति भुपरिवेष्ठित मुलुक हो । हाम्रो जम्मा १७ प्रतिशत तराइको भुभाग समथर हो । त्यसबाहेक नेपालमा ६८ प्रतिशत भुभाग उच्च तथा मध्यम स्तरका पहाड पर्वत र १५ प्रतिशत भुभाग हिमाली क्षेत्रमा अवस्थीत छ । जटिल भौगोलिक अवस्थीतिको कारण पनि हाम्रो विकास निर्माण अन्यन्त्र देशहरुको भन्दा महगों छ । हाम्रो देशको धेरै जस्तो ठुला मुल सडक पुर्वाधारहरु चीन, जापान, रुस, भारत, अमेरिका, बेलायत लगायतका देशहरुले अनुदानमा बनाइदिएका छन् । कतिपय आफनै देशले पनि बनाएको छ । खासगरी महेन्द्र राजाका पालामा पुर्बपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग), कोदारी राजमार्ग, पृथ्वी राजमार्ग जस्ता ठुला राजमार्गहरु बने । भारत, अमेरिका, रुस, बेलायत, एडिबी लगायतको सहयोगमा बनेको नेपालको पुर्ब पश्चिम महेन्द्र राजमार्गको लम्बाइनै १०२७ किमि रहेको छ । विदेशीले ठुलो छाति राखेर त्यति ठुलो सहयोग नगरेको भए तराइका २० मध्ये १९ वटा जिल्ला छोएको महेन्द्र राजमार्ग बन्थ्यो वा बन्थेन अनुमान लगाउन सकिदैन । आज तराइमा जनघनत्व बढ्नु र पहाडबाट सोरिएर मान्छेहरु तराइ झर्नुमा महेन्द्रले बि.स २०२०–०२२ सालमै बनाएको राजमार्गहरुले अवसरहरु सिर्जना गर्दाको परिणाम हो । जसरी ति ताका नेपाल जस्ता देशहरुले विदेशीहरुबाट ठुलो धनराशी सहयोग पाउँथे, अहिले त्यो ट्रन्ड हराएको छ । बरु आफना स्वार्थ पुर्ती हुनेगरी कनिका छरे जसरी बजेट छर्ने हिसावको सहयोगमा विदेशीहरु लागेका छन् ।
नेपालमा हिजोआजका बर्षहरुमा विदेशी अनुदान तथा सहयोग नगन्य मात्रामा आउन थालेको छ । नेपाल आफै पनि २५ खर्ब बराबरको सार्वजनिक ऋणको भुमरी परिसकेको छ । फलस्वरुप बजेटमै ठुलो मात्रामा सार्वजनिक ऋणको साँवा ब्याज छुट्याउनु पर्ने अवस्था छ । जसले गर्दा विकास बजेट बर्षेनी न्युन हुँदै गएको छ । त्यस हिसावले पनि नेपालले आफैले ठुला पुर्वाधार निर्माण गर्न सक्ने अवस्था छैन । त्यो सक्दैन भन्ने एउटा उदाहरण त ५ बर्षमा नै सक्ने भनेर थालिएको ३ खर्ब अनुमानित लागतको काठमाण्डौ निजगढ फाष्ट ट¥र्याक १५ बर्ष हुन लाग्दा पनि आधा काम भएको छैन । स्वदेशी लगानीको त्यस आयोजना रफतारमा अघि बढ्न नसक्नुमा बजेट अभाव पनि मुल कारण हो । त्यसकारण नेपालले विदेशीहरुको जस्तो ठुला बहु–लेनका सडक जहाँ–तहँी निर्माण गर्न सक्ने अवस्था छैन । एउटा बहुआवश्यकताको सडकको त त्यो हाल छ, त्यसमाथी शासकहरुले पुर्बपश्चिम रेल, मनो रेल जस्ता दुनियाँ कुराहरु थोपर्न थालेका छन् । तर त्यो फगत आश्वासन मात्र हो ।
नेपाल जटिल भौगोलिक अवस्थीतिको कारण पनि उद्योगधन्दा, कलकारखाना, उद्यम व्यवसाय समेत भनेजस्तो फष्टाउन नसकेको हो । त्यसमाथी विश्वमा आधुनिक विकासले प्रधानता पाएको सन् १९४५ देखि अहिलेसम्म नेपाल राजनीतिक अस्थिरता, युद्धको भुमरीमा छ । जसले गर्दा हामीले आवश्यक रोजगारी सिर्जना गर्न सकेनौं । उद्योग, कलकारखाना फष्टाएनन् । देश नै सिस्टममा चलेन । त्यसकारण हामी गरिव भएका छौ । अहिले त हामी स्वदेशी स्रोत साधन भन्दा पनि विदेशी रेमिटयान्समा टिकिरहेका छौ । त्यही रेमिटयान्स पनि वस्तु आयात र उपभोगमा खर्च भइरहेको छ । देशमा सुरक्षित भविष्य नदेखेर भएभरका युवाहरु बाहिरीएका छन् । फलत हामी झन् गरिव हुने दिशामा छौ ।
मौलिक विकासको बाटो
विश्वले आजको मितिमा जति नै कृतिम विकास गरेपनि हामी नेपालीलाई प्रकृतिले भने धनी बनाएकै छ । त्यसकारण हामीले मौलिक हिसावको विकास निर्माणको बाटो राज्नु पर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तो हामीले हाम्रो प्रकृतिको महत्व बुझने हो भने विश्वमा नेपाल बराबर स्वर्गतुल्य देश अरु छैन । हामीले प्रकृतिलाई नै संरक्षण गर्नुपर्छ र विश्वमाझ त्यसलाई प्रर्बद्धन गरेर अथाह पर्यटक भित्राएर लाभ लिनुपर्छ । हामीले हाम्रा शहरहरुलाई आफनै देशको परम्म्परा, भेषभुषा र मौलिकता झल्कने हिसावले विकसित गर्दै लैजानुपर्छ । ताकि हामी विश्वमाझ पृथक एवं फरक हुनेछौ ।
कृत्रिम विकास दिगो हुँदै होइन । बढ्दो जलवायु परिवर्तन, तापक्रममा बृद्धि, पर्यावरण विनाशले अत्याश सिर्जना गरिरहेको आजको विश्व पुनः ग्रीन डेभलपमेन्ट अर्थात हरित विकासतर्फ फर्किएरहेको छ । मानिसहरु अग्रानीक खाद्य वस्तुको खोजीमा संसार घुम्न थालिसकेका छन् । मनिसले नै विकास गरिरहेका कृत्रिमता मानिसकै लागि घातक हुन लागिरहेका छन् । अमेरिका, रुस, चाइना, भारत लगायत देशहरुले आणविक हतियारमा ठुलो धनराशी र शक्ति लगाइरहेका छन् । तर ती चीजहरुले गर्ने भनेको विनाश हो । प्रकृतिको क्षती हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा हामी नेपालीहरुको घर हो । हाम्रा पुर्वज शान्तिका दुत गौतम बुद्धहरु हुन् । विश्वलाई कला सिकाउने भृकुटीहरुका हामी सन्तान हौं । हामीले उनीहरुकै पथ पछ्याउन जरुरी छ । त्यसकारण नेपालले आफनै माटो सुहाउँदो, आफनै भुगोल सुहाँउदो विकासको मार्गमा अघि बढ्नुपर्छ । जसले हामीलाई विश्व सामु छुट्टै पहिचान दिनेछ । अग्लाअग्ला टावर, चिल्ला सडक अनि मनोरेलहरु मात्र विकास होइनन् । फेरी तिनै चीजहरुले मात्र मान्छेका आकाक्षां कहाँ पुरा होलान् । त्यसो हुन्थ्यो भने विकसित अमेरिका, बेलायत तिरकै मानिसहरु जिवन प्रति उदाश भएर, त्यो विध्न दुखी भएर ठुलो संख्यामा आत्महत्याको बाटो किन राज्थे । अथवा डिप्रेशनको सिकार हुन्थ्ये । त्यसकारण नेपालमा जुन ठाउँमा जस्तो जस्तो सम्भावनाहरु छन् त्यही अनुसार विकास गरिनु पर्छ । खासगरी जनताको स्वास्थ्य र शिक्षामा सरकारले ठुलो लगानी गर्न जरुरी छ । जनताले पाउने गुणस्तरीय शिक्षा र स्वास्थ्य नै आजको जमानामा सबैभन्दा ठुलो धन हो । गुणस्तरी शिक्षा र स्वास्थ्यबाटै मानिसले अरु चीजहरु हासिल गर्न सक्छन् ।
हामीले दुनियाँ भरका पर्यटक आर्कषण गर्न मौलिक हिसावको विकास गर्नुपर्छ । अरु अनुशरण गरेर न हामीले जित्न सक्छौ, न आफनै पहिचान रहन्छ । त्यसकारण हामीले तराइमा कृषि शहरहरु, पहाड तथा हिमालमा रमणीय मौलिक शहरहरु निर्माण गर्न सक्छौ । जस्तो कि काठमाण्डौ, भक्तपुर जस्ता शहरलाई साँस्कृतिक शहर बनाउन सकिन्छ । पोखरा, लुम्बीनी, दोलखा लगायतका ठाउँहरुलाई पर्यटकीय शहर बनाउन सकिन्छ । आफनो देशको मौलिक हिसावको घरहरु निर्माण गर्न, भेषभुषाको प्रर्बद्धन गर्न सरकारले शसक्त भुमिका खेल्न जरुरी छ । खासगरी नेपालले आफनोे प्रकृति, सँस्कृति र मौलिकता जर्गेना गर्न सक्यो, हवाइ मार्गलाई सुदृढ र सुरक्षित बनाउन सक्यो, सडकहरुका स्तर उन्नती गर्न सक्यो भने यो देश पर्यटनबाट नै धनी हुन सक्छ । अहिले बार्षिक १० लाख पर्यटक भित्रिए पनि भविष्यमा १–२ करोड पर्यटक भित्राउन नेपाललाई कुनै समस्या हुदैन । तर त्यतातिर पहल हुन जरुरी छ ।
त्यसमाथी हाम्रोमा जलस्रोतको उत्तिकै सम्भावना छ । हामी हिमालको पानी ब्राण्डिङ्ग गरेर निर्यात गर्न सक्छौ । र, विदेशी मुद्रा भित्राउन सक्छौ । प्रकृतिलाई जोगाएर उर्जा उत्पादन र ब्यापार मार्फत हामी सम्बृद्ध हुनसक्छौ । त्यसमाथी हामी अग्र्यानिक कृषिको हव पनि हुनसक्छौ । हिमाली जडिबुटीबाट सम्बृद्ध हुने आधार उत्तिकै छ । त्यसकारण नेपालले आफनो महत्व आफैले चिनेर त्यही अनुसार लगानी र रोजगारी सिर्जना गर्नुपर्छ । सरकारले प्रयत्न गर्ने हो भने मौलिक हिसावको विकास निर्माण मार्फत देश सम्बृद्ध बन्नसक्छ ।
अन्त्यमा,
विश्वका देशहरुले जतिपनि कृत्रिम विकास गरेपनि हामी नेपालीहरु मौलिकतामा रमाउनु पर्छ । किनकी कृत्रिम विकास अस्थाइ हो । हामीले दिगो विकासको सोच बनाउने हो भने प्रकृतिपद्धत्त विकास मोडल अपनाउनु पर्छ । जसले हाम्रा भोलीको सन्ततीलाई समेत संरक्षण दिनेछ । र, मौलिक एवं पर्यवरणलाई पनि संरक्षण गर्ने हिसावको विकास निर्माणले यो वातावरण, पृथ्वीको मात्र भलो गर्दैन, आजको पुस्ता र सिंगो मानव जगतलाइ नैै एउटा दरिलो संदेश दिनेछ ।
गौतम ‘मौलिक अर्थतन्त्र’ पुस्तकको लेखक हुन् ।
प्रकासित मिति २०८१-९-१२

फेसबुकबाट तपाईको प्रतिक्रिया