२०८२ फाल्गुन ६ | Feb 18, 2026

दृष्टिविहीन टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २४
|
2.2k views


ललितपुर । भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली आज भारत प्रस्थान गरेको छ ।

यही कात्तिक २५ गतेदेखि आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बागमती प्रदेश अपाङ्ग महासङ्घका अध्यक्ष उपेन्द्र श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रिय महासचिव सुगम भट्टराईलगातले सफलताको शुभकामना दिँदै बिदाइ गरे । 

नेपालले पहिलो खेल कात्तिक २६ गते श्रीलङ्कासँग खेल्ने छ । विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङल्याण्ड सहभागी छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया