जब–जब ओली
चीनिया सरकारको निम्तोमा
बेजिङ्ग जाँदै थिए
देशको स्वाभिमानको आस्थाको धरोहर
आफूमा ओढेर जाँदै थिए ।
जब–जब उनीमा राष्ट्रियता दुखेको लेपन
बेजिङ्गका मञ्चमा
लिम्पियाधुरा, लिपुलेक, कालापानीको
लिपिवद्ध अहम्ता मुटुभित्र रोपेर हिँडेका थिए ।
ती ऐतिहासिक हाम्रा धरोहर भूमिहरू
छिमेकीको कब्जाको विरुद्ध
जब–जब कुर्लिदै थिए
भारत र अमेरिकीद्वारा
ट्युशन लिइएका जेन्जीहरू
सिंहदरबार, सर्वोच्च अदालत
राष्ट्रियताका अहम् बोकेका ऐतिहासिक धरोहरहरू
सुदन गुरुङको नेतृत्वमा
दलाइ लामाद्वारा खटाइएका
नेपाली नागरिकताको नक्कली खोल ओढेर,
मेरो देशको अहम्ता जलाउँदै,
सुदन गुरुङले भन्न भ्याएको छ
मान्छेभन्दा अमूल्य सिंहदरबार हुन्छ ?
यस्तै–यस्तै खोक्दै थियो ।
फ्रि तिब्बतको नारामा समाहित
दर्जनौँ नक्कली नागरिकता बोकेका तिब्बतीयनहरू
मेरो देशको ऐतिहासिक धरोहर जलाउँदै थिए ।
मेरा देशका सुरक्षाकर्मीका बन्दुक लुटेर
हाम्रो राष्ट्र जलिरहदा
काठमाडौँ नगरपालिकाका नगर प्रहरीहरू
पानीका बोतलका बोतल बाँड्दै थियौ
ती बोतलहरूमा
मान्छेलाई उत्तेजित पार्ने छनकहरू मिसाएर
जब–जब ती पानी पिउँदै थिए
होस् गुमाएर
प्रहरीका बन्दुक बोकेर
प्रहरीका बर्दी लगाएर
भीडमाथि भीड बढाइरहेका थिए ।
ती जेन्जीहरू माथि
घरका छतहरूबाट गोलीले लडाउँदै थियो ।
विद्यार्थीहरूको कत्ले आम हुँदै थियो ।
अबैध जस्केलोबाट छिरेर
प्रधानमन्त्री सुशीला कार्की !
मैले सुनेको छु
तिमी भारतीय राजदूतावास
अमेरिकी राजदूतावासको पहलमा
जागिर खाएको प्रस्ट छ ।
जब–जब तिमी प्रधानमन्त्रीमा ओरल्यौ ।
तिम्रो कुर्सीको पछिल्लो भाग खाली थियो ।
चुच्चे नक्साको नेपाल गायब थियो ।
तिम्रा चयन देश विघटनका लागि थियो ।
मेरो छिमेकीको स्वार्थमा आफूलाई ओछ्याइएको थियो ।
तिम्रो देशद्रोही हरकत क्षम्य हुन सक्दैन ।
म तिमी माथि
देशद्रोहीको आरोप लगाउँछु ।
बाबरा फन्डसबाट
तलब खाएका सुदन गुरुङहरू
४० हज्जार तिब्बतियीनहरूलाई
नेपाली नागरिकताको
हल्लाको खेती किन चिर्दिनौ ?
सुदन गुरुङको नागरिकता प्रष्ट्याइनु पर्दैन ?
मेरो देशको अथाहता
राष्ट्रिय धरोहर समूल नष्ट गर्ने
सुदन गुरुङहरू पक्राउ गरिनु पर्दैन ?
ती देशद्रोहीहरू विरुद्ध
देशले कठोरताका साथ कारवाही गर्नु पर्दैन ?
मेरो देशको राष्ट्रियता धरोहर
पृथ्वीनारायण शाहद्वारा प्रदत्त राष्ट्रियता
राष्ट्रियता झण्डा ओढेर
सुदन गुरुङहरू
मेरो राष्ट्रियता गौरवहरू
विदेशबाट निर्यात गरिएका
अग्नी प्रज्वलनशील प्रज्वलता
मेरो देशको वैभवता शालिनता
आगजनीबाट ध्वस्त गरिँदै थियो ।
देशको खुला सिमाना अतिक्रमित हुँदै
देशघातका पातकीहरूको प्रक्षेपण
मेरो देशको धरोहर
समूल नष्टका डिजाइनहरू
मेरो वैभवशाली धरोहर
अग्नी प्रज्वलितद्वारा नष्ट गरिदै थियो
मेरो देशको नामेट गरिदै थियो
घृणित धिmयाकलाप छायाङ्कन हुँदै थियो ।
प्रधानमन्त्री सुशीला कार्की !
म तिमीलाई देशद्रोहीको आरोप लगाउँछु
जब–जब तिमी प्रधानमन्त्रीमा आसीन हुँदै थियौ ।
मेरो देशले तिमीलाई प्रधानमन्त्री बनाएको हुँदै होइन ।
तिमी भारत र अमेरिकीद्वारा बनाइएकी थियौ ।
मेरो देशको प्रधानमन्त्री !
राष्ट्रको अहम्ता राष्ट्रियता लुटिएको हुँकार गर्न पेकिङमा
लिम्पियाधुरा, लिपुलेक, कालापानी
भारतीय सरकारद्वारा लुटिएको गाथा गाउँदै थिए ।
भारतीय सरकारको नेपालभूमि माथि
अतिक्रमित घृणित खेल नङ्ग्याउँदै थिए ।
मेरो देशको अहम्ता
पेकिङ्गस्थित विश्व मञ्चमा
मेरो सिङ्गो मुलुक
भारतीय सरकारको हेपाइ र मिचाइको विरुद्ध
आफूलाई राष्ट्रमुक्तिको अहमता बताउँदै थिए ।
मेरो राष्ट्रको अहम्ता
आम नेपालीको देशप्रेम उजागर गर्दै थिए ।
मेरो राष्ट्र यसबेला
भारत र अमेरिकीको पहलमा
देशको प्रधानमन्त्री ओलीलाई
विस्थापित गर्दै सुशीला कार्कीलाई
प्रधानमन्त्री बनाएका छन् ।
मेरो देशको स्वतन्त्रता
देशवासीको मौलिक अधिकार खोसिएको छ ।
मेरो देशको चुच्चे नक्सा
वहालवाला प्रधानमन्त्रीद्वारा विस्थापित बनाइएको छ ।
मेरो देशको प्रधानमन्त्री यसबेला
देशघातको प्रारूप ओढाएर बनाइएको छ ।
मेरो देश यसबेला
राष्ट्रियता माथि घात सहदै
राष्ट्रियताको मौनता छाएको अवस्थामा
देश मान अपमान सहदै बाँचिरहेको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया