२०८२ फाल्गुन ६ | Feb 18, 2026

देशभरका शिक्षकहरुलाई काठमाडौंको आन्दोलनमा सहभागी हुन महासंघको अपिल

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १५
|
714 views

काठमाडौँ । राज्यले शिक्षकहरुमा गरेको दमनको प्रतिकार गर्न सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौंको आन्दोलनमा सहभागी हुन नेपाल शिक्षक महासंघले अपिल गरेको छ । आइतबार नयाँ बानेश्वरमा भएको झडप पश्चात् आन्दोलनरत शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलनलाई थप सशक्त तरिकाले अगाडि बढाउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको सोमबारदेखि प्रतिकार गर्ने बताएको हो ।

संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक–कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक(कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’
विद्यालय शिक्षा ऐन पारितको माग राखेर आन्दोलनरत शिक्षकहरु काठमाडौंको सडकमा विरोध गरिरहेको महिनादिन बित्न लाग्दा समेत राज्यले चासो नदेखाएको भन्दै आन्दोलनलाई थप चर्काउने घोषणा गरेका हुन् ।

494106045_30106539468945182_7210484557784056771_n

फेसबुकबाट तपाईको प्रतिक्रिया