२०८२ फाल्गुन ६ | Feb 18, 2026

देशले जङ्गबहादुर खोजिरहेको छ

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २८
|
7.1k views

मेरो देशले उठ्नुपर्छ
राष्ट्रिय एकीकरणको सवाल आएको छ
मेरो देशले फेरि पनि उठ्नुपर्छ ।
यसबेला चारैतिरबाट
मेरो देशलाई घेराबन्दी गरिदैछ ।
पृथ्वीनारायण, बलभद्र, अरनिकोले
आज्र्याको देश
भृकुटीको माइती
अंशुवर्माद्वारा श्रृङ्गारित पावन भूमि,
महेन्द्रद्वारा एकीकृत भूमि
वीरेन्द्रद्वारा शान्तिक्षेत्र घोषित देश
जनकले सजाएको यो पावन भूमि
यो ऐतिहासिक फूलबारीलाई
तहस–नहस उजाड पार्न
मेरो देशलाई टुक्र्याउने षडयन्त्रको नाताबुनामा
छिमेकी भारत लागिपरेको छ ।
खुदाना खास्ता
सात समुद्रपारिको देश
अमेरिका लागि परेको छ ।
खेल तब सुरु भयो
ओलीले जब–जब बेजिङमा हुङ्कार गरे
लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो ।
हाम्रो भूमि छोड्दैनौँ ।
यो राष्ट्रिय कित्तामा उनी उभिएका छन् ।

म भन्दैछु –
ओलीले एमसीसीमा मुर्काएका छन् ।
महाकालीमा शेरबहादुर एवम् ओलीले लुड्याएका छन् ।
यिनीहरूसँगको हरहिसाब पछि गरौँला ।
उनीहरूको देशद्रोही हर्कतका लागि असुली गरौँला ।
बेजिङमा ओलीको राष्ट्रियताले भरिएको उद्घोष
राष्ट्रियताले भरिएको चित्कार
संसदले किन अभिषेक गरेन ?
सांसदहरू गाँजा खाएर सुतेका थिए ।
मलाई लाग्छ
भारत र अमेरिकाको मूतमा बगेको थियो
मेरो देशको अस्तित्व नामेट गर्ने गरेर
अमेरिकी सेना काठमाडौँ उत्रेको छ ।
भारतीय प्रधानमन्त्रीको छिमेकी द्रोह
ओलीले विश्व सामु नङ्ग्याइदिएका छन् ।
देशभक्त ओलीको यो राष्ट्रिय हुङ्कारमा
सांसदहरूले अभिषेक गर्नुपथ्र्यो ।
देश नै उठेर उनलाई सम्मान गर्नुपथ्र्यो ।
देशका झण्डाहरू देशभरि नै
ओलीको सम्मानमा फरफराउनुपथ्र्यो ।

देशभक्तहरू हो !
राष्ट्रियताको अहम् सवालमा
जो जहाँ छ त्यहीबाट उठौँ ।
विदेशीको लागि काम गर्ने
नेपाली अनुहार
परिवर्तित विदेशी अनुहार
निर्ममतापूर्वक काटिनुपर्छ ।
देशघातकीहरू पक्रेर काटिनुपर्छ ।
देशको अस्तित्वको सवालमा
यो अन्तिम उपाय हो ।
देशघातीहरूले जस्तो कलेवर ओढे पनि
काठमाडौँ हुँदै देशभित्र जता–जता भए पनि
युद्धस्तरमा लखेटिनुपर्छ ।
पृथ्वीनारायणले आज्र्याको मुलुक बचाउन
देशद्रोहीहरू जस्तै कलेवरमा भए पनि –
काटिनुको विकल्प छैन ।
देशभक्तहरू ! अब एकै ठाउँमा हौ ।
देशको अस्तित्व बचाउनकै लागि
देशद्रोहीहरू निर्ममतापूर्वक काटिनुपर्छ ।
देश बचाउने यो अन्तिम युद्धमा
देशद्रोहीहरूका निषेधका प्वालहरू
सधैँ–सधैँका लागि निषेध गरिनुपर्छ ।
पृथ्वीनारायणको यो नासो जोगाउँदै
देशभक्तहरू जो जहाँ छौ हातेमालो गरौँ ।

४४३३, स्वतन्त्र पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी

फेसबुकबाट तपाईको प्रतिक्रिया