२०८२ आश्विन १६ | Oct 02, 2025

द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउनु आवश्यक छ- मानव अधिकार आयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ८
|
561 views

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग स्पष्ट रहेको भन्दै द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आग्रह गरेको छ ।

बिहीबार आयोगका सहसचिव एवं प्रवक्ता डा। टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले विगत दुई वर्षदेखि रिक्त रहेको संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरु गठन गरेको सन्दर्भमा द्वन्द्वपीडितहरूले आयोग गठन प्रक्रियाप्रति गरेको असहमतिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विवाद र असहमतिलाई वार्ता र संवादका माध्यमबाट नै निकास दिन सकिने हुँदा द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउनु आवश्यक रहेको बताएको छ ।
सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्ने कुरामा आयोग दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । भविष्यमा द्वन्द्व नदोहोरियोस् भन्नेतर्फ विचार पुर्याउन र द्वन्द्वपीडित समुदायलाई विश्वासमा लिई कार्य गर्न आयोगले सम्बद्ध सबै पक्षलाई अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया