
ललितपुर । द्विदेशीय अन्तर्राष्ट्रीय टी–२० महिला क्रिकेट शृंखलामा मलेसियासँग नेपाल पराजित भएको छ । बिहीबार मलेसियाको बेयुमास ओभलमा भएको खेलमा मलेसिया संग नेपाल मात्र तीन रनले पराजित भउको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर नेपालललाई १०५ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि पूजा महतोले ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले १३ तथा कप्तान इन्दु वर्माले १२ रन बनाइन् । बलिङतर्फ नेपालका लागि सोमु विष्टले २ विकेट र रुविना क्षेत्रीले एक विकेट लिइन् ।
मलेसियाको जितका लागि कप्तान विनिफ्रेड दुराइसिंगमले सर्वाधिक २७ रन बनाइन् । ऐन्ना हमिजाह हाशिमले २६ रन तथा मस एलिसाले २५ रनको योगदान दिइन् । यस्तै नुर ड्यानिया स्युहादाले ३ तथा विनिफ्रेड दुराइसिंगम र ऐस्या एलिसाले दुई–दुई विकेट लिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया