धनको सपनामा फसेका जिन्दगीका कथाहरु

लेखनाथ सुवेदी,

बुटवल, रुपन्देही र हाल पोर्चुगल

समयले पनि कस्तो खेल खेल्दो रहेछ । समय, परिस्थिति र नियती पनि कति पिडादायी रहेछ । उ सम्झन्छ १ अतीतका पानाहरु र धिकार्छ आफैलाई अनि आफ्नै भाग्यलाई । जिन्दगीमा हराएका खुसी खोज्नलाई बारबार तड्पिनु पर्ने । भित्रभित्रै जले पनि देखावटी हासो र खुसीमा हराउनु पर्ने । मनलाई आसुको तलाउमा चुर्लुम डुबाएर बाच्नु पर्ने रहेछ यो परको देश, पराईको देश, परदेशमा ।
बिदाको दिन थियो १ अलिकति ढिलो सम्म सुतियो । घडिले बिहानको ९स्३० बजाइ सकेको थियो १ उठ्ने बित्तिकै बाहिरको चिसो हावाको आन्नद लिने अनुभुति भयो र म घरबाट निस्किए । घर नजिकैको समुन्द्रको किनार तिर लागे । समरको अन्तिम अन्तिम समय, बिहानीको चिसो हावा, घामको मन्द मन्द न्यानो किरण अनि समुन्द्र किनारको रौनक अल्लि फरक थियो । विभिन्न देशका मान्छेहरु आ(आफनै मुद्रामा रमाई रहेका थिए । अल्लि पर एक युगल जोडिहरु मायाको गहिराई नापि रहेका थिए । चिसो मौसम, समुद्रको किनारको छेउमा उफ्रिने ती स(साना माछाका भुराहरु, अनि मन्द हावा, मधुर सुर्यको न्यानो किरण र फरक फरक समुदायका मानिसहरुको रौनक जसले केही पलका लागि सबै दुख, अफ्ट्याराहरु भुलाइ फरक आनन्द र अनुभुती दिन्थ्यो । चिसो हावा रंगिन वातावरण संगै मन भित्रका सबै पिरहरु बिर्सिएर म पनि मन्दमन्द मुस्कुराइ रहेको थिए ।

म अगाडि बढदै गर्दा चुलबुले नजरहरु कताकता पुगिरहेका थिए । मेरो आँखा एकोहोरो मुद्रामा बसिरहेको एउटा युवकतर्फ तानियो । म उसको समिपमा नजिकीदै थिए । नजिकैबाट उसलाई नियाले, उदास परामा जिन्दगीका सबै रङ्ग हराए जस्तो । पिरै पिरको नदिमा भर्खरै नुहाएर आए जस्तो, मलिनो मुहार, तेल सकिएर निभेको दियो जस्तो । सबै खुसी लुटिएर दोबाटोमा अलपत्र परे जस्तो, अनुहार पुरै अध्यारो देखिन्थ्यो । उसको रुप र पोसाकले नेपाली हो कि जस्तो मनमा लाग्यो र म उसको समिप मै पुगे । हजुर नमस्कार । भाइ नेपालि हो रु मैले बोलाए । उसले मलाई पुर्लुक हेर्यो । तर केहि बोलेन मौन रहयो । ए हजुर तपाई नेपाली होरु म फेरि उसलाई बोलाए । करिब २० सेकेन्ड पछि उसले जवाफ फर्कायो । ू नमस्कार, म त तपाईलाई चिन्दिनू । मैले उसलाई आफ्नो परिचय दिए । बिदेश यात्राका केहि थान दुखहरु हौसला र प्रेरणाका रुपमा उसलाई सुनाए ।


उसले लामो सास फेर्दै भन्यो, के गर्नु दाजु, जिन्दगीले आज बगर जस्तै बनाएर छाडेको छ । हरियाली जिन्दगी ड्ढेको खरिया झै उजाड उजाड छ । हामी गरिबहरु सधै अभावको भुमरीमा पिल्सिनु पर्नेरहेछ । येस्तै छ दाजु मेरो पनि कहानी ।
उसले आफ्नो परिचय दियो । घर बझाङ, नाम बाबु राजाराम । मलाई गाउँमा बाबे भनेर चिन्छ्न । घरमा आमा, श्रीमति र सानो छोरा छ्न । बुवाले सानैमा छाडेर जानू भयो । बुवा नभएसी आमाले गाउँ म ज्यालामा काम गर्न थाल्नु भयो । म सानै छदा बुवाले घर खेत जोडिदिनु भएको रहेछ । आमाले दुख गरेर हुर्काउनु भयो । मेरो पढाई पनि राम्रै थियो । बिधालयको पढाई सके । सबै साथीहरु उच्च शिक्षाको लागी सहर पसे । मलाई पनि सहर बसेर पढ्ने रहर भयो । आमासंग सल्लाह गरे । म केही गर्छु र पढ्छु भनेर सहर पसे । सहरको बसाइ, पढाई खर्च आमाले दिन भरी कमाएको ज्यालाले भ्याएन । काम गर्छु भनेर काम खोजे काम पनि पाएन ।
१२ को पढाई सकेर गाउँ गएको थिए । गाउको छिमेकी बम बहादुर भर्खर बिदेशबाट आएको थियो । गाउँमा बिदेशको चर्चा निकै हुन्थ्यो । उसले बिदेशमा येस्तो हुन्छ उस्तो हुन्छ भनेर निकै मिठा बात गर्थ्यो । सबै छिमेकीहरु उसका कुरा सुनेर मख्ख प्रथ्ये । भर्खर आएको उसको हातमा टल्किने घडी, महङ्गो मोबाइल, टिलिक्क टल्कने जुत्ता, सुकिला कपडा, उसको फुर्तीफार्तीले जो कोहिलाई पनि लाग्थ्यो कि बिदेश त जानै पर्नी रहेछ । पैसो कमाउने , सुकिला मुकिला कपडा लगाउने, मिठो मसिनो खाने, धेरै सम्पत्ति कमाउने सपना मेरो मन पनि पलायो । आमा घरमा एकलै भएको हुँदा बिदेश जानू अघि बिहे गर्ने कुरा आमाले गर्नु भोयो । आमाकै रोजाइमा बिहे पनि गरे । बिहेपछि बिदेशको प्रक्रियामा लागे ।
युरोप जाने र कमाउने सोच बनाए । बामेकै साथी रहिछ एक जना पोल्यान्डको भिजा मिलाउने उसले आठ लाखमा भिजा मिलाइ दिने कुरा गर्यो । बाउले जोडी दिएको जग्गा धितो राखेर र ब्याजमा पैसा काडेर पोल्यान्ड आए । भिजा लाग्न झन्डै २ बर्ष लाग्यो । बीचमा छोरो पनि जन्मियो। पोल्यान्ड आइयो भने जस्तो काम र बसाइ त्यहा भएन । साथीहरू सबै पोर्चुगल जाने र काड बनाउने हल्ला गर्न थाले म पनि साथीहरू संगै यहाँसम्म आए ।
दाजु १ पोर्तुगलमा नंया आएको थाहा पाउनै नहुने रहिछ। यहाँ आएसी साथी पनि साथी जस्तो नहुदो रहेछ । लिगल इन्ट्री, फिनान्स, सोसियल, सेफ गराउदा म नेपालीबाटै पटकपटक ठगिए । काम लगाए बापत पैसा, कोठा खोजिदिएको पैसा । पाइला पाइला मै ठगिएको छु ।महिना भरि काम गर्‍यो कोठा भाडा, पानी बत्ती, ईन्टरनेट , खाना, मेट्रो खर्च, काडको कागजी प्रक्रियाको लागी कहिले के के महिना भरि कमाएको तलब मुस्किलले २०० युरो नि नबच्ने। तलबको पैसा पनि समयमा नपाइने । बिदेश आए देखी आमा, श्रीमति र छोरालाई एक जोर कपडा फेरिदिन पनि सकेको छैन । साहुको ऋण र ब्याज बढेको बढेइ छ । सम्झ्यो भनी छाति भातभती पोल्छ । परको देश पराइको देश यहाँ हाम्रो दुख बुझिदिने कोहि छैन । नेपाल फर्कौ घर खेत साहुले लिन्छ । यहाँ हरेक पल मरे जस्तै छु ।
कोरोनाले काम पनि लयो । अहिले काम पनि छैन ७ महिना भयो खाली बसेको यति भन्दै गर्दा उ भक्कानिएर मेरो अङ्गालोमा आयो । येस्तै हो भाइ हामी पर्देशीको जीवन । न कामको भर न ठाउँको भर । नआतिनु सबै कुरा ठिक हुन्छ । भगवानले हेर्ने छ्न । सबै सामान्य हुनेछ । नरुनु भनेर सम्झाउनु बाहेक मेरो केही उपाय थिएन । खल्ती छामे ८० युरो रहिछ । भाइ यो राख्नु नेपाली १० हजार हुन्छ । म सकेको र जानेको सहयोग गर्नेछु । म यहि नजिकै बस्छु भनेर मैले मेरो फोन नम्बर पनि दिए । भाइ बेला मौकमा फोन गर्नु है भन्दै म कोठा तिर लागे ।
दिनभर आँखा भरी बाबू राजारामको तस्बिर खेलीरहयो । बिदेशमा पैसाको रुख हुन्छ । मोज मस्ती हुन्छ भनेर छिमेकमा झुठो हल्ला फैलाउने उसको छिमेकी बामेप्रती रिस उठेर आयो । प्रदेशमा आफुले भोगेको वास्तविकता बताउन लाज मान्ने त्यो छिमेकीलाई बधाई छ । तिमीहरूले स्वदेश फर्किएर समाज देखाउने तडकभडक र झुटा सपनाहरुले आज हजारौं अब्बल बाबू राजारामहरु देश र परिवारबाट टाढिएर काहाली लाग्दो रंगहीन जिन्दगी परदेशमा बिताउदै छ्न । येस्तै छ्न प्रदेशिका काहानी खै कसले सुनी दिन्छ । कसले बुझी दिन्छ । कसले लेखी दिन्छ । परको देश, पराईको देशमा । येस्तै छ्न प्रदेशिका कथा । प्रदेशीका ब्याथा ।

प्रकासित मिति २०७७–६–२६

फेसबुकबाट तपाईको प्रतिक्रिया