धम्मवती गौरव पदकद्वारा सञ्चारकर्मी तथा बीमा अभियन्ता बिडारी सम्मानित

काठमाडौँ, २२ वैशाख २०८१।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सञ्चारकर्मी जयराम बिडारी थेरवादी बौद्ध धर्मकी शिखर व्यक्तित्वको रुपमा प्रशिद्धी कमाएकी ‘धम्मवती गौरव पदक’ द्वारा सम्मानित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘धम्मवती वीरता महोत्सव’ को आयोजना गरि सो सम्मान प्रदान गरिएको हो ।

नेपाली माटोमा जन्मिएका भगवान गौतम बुद्धको शिक्षालाई नेपाली माटोमै प्रचार प्रशारका लागि पुरै जीवन समर्पित गर्नुभएकी थेरवादी बौद्ध धर्मकी निर्वाण प्राप्तिको बाटोमा अथक रुपमा लागेर जीवनको ९१औं जन्मोत्सवको पूर्व सन्ध्या तथा ७६औँ प्रवर्जित दिवसको अवसर पारेर समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक् सन्देशद्वारा राजधानीमा शनिवार आयोजित कार्यक्रममा ‘’धम्मवती वीरता महोत्सव” का अवसरमा थेरबाद बौद्ध धर्मकी शिखर ब्यक्तित्व समादरणीय धम्मवती गुरुमाँ को आशिर्वचन,चारुमती बुद्ध विहारका अध्यक्ष भिक्षु तपस्सीधम्मको हातबाट ‘’धम्मवती गौरव पदक’’ २०८१ तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको हातबाट प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको थियो ।

थेरवादी बौद्ध धर्मकी शिखर व्यक्तित्व श्रद्धेय धम्मवती गुरुमाँको योगदानलाई देशदेशान्तर फैलाउने कर्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका बिडारी लगायत अन्य करिव चार दर्जन विशिष्ट व्यक्तित्वलाई एकसाथ सम्मानित गरिएको थियो।सम्मानित हुने अन्य व्यक्तित्वहरूमा साहित्यकार हिरण्य कुमारी पाठक,सञ्चारकर्मी माधव घिमिरे ‘अटल’ कुमार रन्जित, नियात्राकार घनश्याम राजकर्णिकार, साहित्यकार तथा अधिवक्ता गङ्गाप्रसाद भेटवाल, आख्यानकार जलेश्वरी श्रेष्ठ, भिक्षु उपतिस्स महास्थविर, सुपरिचित सञ्चारकर्मी सुरेशकिरण मानन्धर, साहित्यकार तथा समाजसेवी सम्मानित भएका थिए ।

पत्रकार बिडारी पछिल्लो दुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनले जनआकाश लगायत अन्य साप्ताहिक तथा अनलाइन लागि समेत रिपोर्टिङ गर्दै बीमा क्षेत्रमा बिगत २७ वर्षदेखि क्रियाशील रहंदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया