२०८२ फाल्गुन ६ | Feb 18, 2026

धर्मनाथको इहलीलाको कारक पनि कान्छो नै रहेछ !

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ९
|
4k views

।। १ ।।
पूर्बका धर्मनाथको पनि आशाको तोरण
दुःखको हरण र भविष्यको भरण
उही कान्छो छोरो नै रहेछ कुनै क्षण ।
त्यो पनि ढाटढुट गरि अमेरिका पस्यो
अमेरिकाबाटै उसले गाँउका घर बेच्ने
षडयन्त्रको शुत्रधार गर्यो
दुःखजिलो धर्मनाथ गाँउमा रमाएकै थिए
घर बेचायो,
घर्मनाथ मानसान र धरासँगबाट छुट्टिए
शंख फुक्दाफुक्दै तुलसीको मठमा
बिव्ह्वल मनले इहलीला छाडे ।
।। २ ।।
मध्यनेपालमा पनि पबनाथको पनि उस्तै थियो आस
छुद्र, भौजाको छनक पाउदापाउदै
उसकै नाममा गरिदिए बास
घरबास पनि छोरा कै नाममा होला
बंश सर्ला भन्दै पबनाथले देथे होलान
सर्लक्क बुहारीको नाममा पास गरिदियो
उस्कै नाम, थर गोत्र बकिबकि
हिड्ने बनायो ।
उ काम राम्रै गर्थ्यो
भासियो अमेरिका पढन भनेर
पाँच बर्षे अध्ययन बिदा लियो
तलब-सुबिधा सबै हसुर्यो
पछि उतै नोकरी गर्यो
फर्केर आइ सेबा गर्ने बाचा सबै लत्यायो
व्यासाले झै बाउको पूठो कन्यायो
पुर्खेउली बुढौली जिम्नी जमिन बेच्न लगायो
‘कुटुम्बलाई यो कान्छो छोरो हो’ भन्न लगायो
पबनाथले कान्छो चिन्न सकेन
गंगालालको स्वास्थ्य परिक्षण
उतैको क्लिनिकमा गर्न लगायो
पुठो कन्याउदै हात पसारेर
मुटु कलेजो सबै लुछ्यो
घरगोठ खाली गरायो
बेदना र चिच्याहटमा उनले पनि इहलीला छोडे ।
।। ३ ।।
पश्चिम नेपालमा पनि
उस्तै उस्तै कथा, उस्तै उस्तै ब्यथा
खगनाथको पनि कान्छोमा भरोसा थियो
उस्ले पढ्न पनि पढ्यो
केहि कमायो
काठको घरलाई पक्की घरमा बदल्यो ।
उस्ले पनि घरसहितको बारी दाबी गर्यो ।
मैले बनाएको हो, पाउनु पर्छ ढिपि कस्यो ।
तेरो लगानि लि, घरबारी हामीलाई हो
बुढ्यौलिमा कहाँ जाने, किन बेघर बन्नेरु
खगनाथको अनुनय उस्ले सुनेन ‘बम लगाएर फोडिदिन्छु’ धम्की दियो
खगनाथ हारे, समर्पणमा परे ।
बेघरको चिन्ताले उनले पनि
इहलीला छाडे।
।। ४ ।।
पूर्ब-मध्य-पश्चिम जता हेर्यो
परायुका लागि कति ध्यान-योग-सेवा गर्थे
बिरक्तिएको, बिछिप्त मनले कति धानोस
सान मानिएका कान्छाहरु नै शूल बने
आत्मा, आदर्श र आध्यात्म नामेट पारे
ति बाहरुको अवसादको कारक बने
तिनका परानको असमयमा नै
अबसान गरे !

फेसबुकबाट तपाईको प्रतिक्रिया