२०८२ भाद्र ६ | Aug 22, 2025

धितोपत्र बोर्डको सञ्चालक सदस्यमा ढकाल नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २८

ललितपुर । धितोपत्र बोर्डको सञ्चालक सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन् । ढकाललाई अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका थिए । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनी सञ्चालक नियुक्त भएका हुन् ।


हेरिटेज ग्रुप अफ इन्ड्रष्टिजका अध्यक्ष समेत रहेका उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन् । बोर्डमा निजी क्षेत्रबाट संचालकमा नियुक्त हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया