|
|
२०८२ असार ३१
306 views
ललितपुर । धितोपत्र ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्याउनु पर्ने समय ९ महिना थप गरिएको छ । धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पुँजी पुर्याउने समय बढाइएको हो।
आगामी दिनमा ब्रोकर कम्पनीले आउने चैत मसान्तसम्म चुक्ता पूँजी कायम गर्ने समय पाएका छन्। यसअघि असार मसान्तसम्मको समय सीमा मात्रै रहेको थियो। तर सोमबार एकाएक सरकारले सोमबार उक्त नियमावली संशोधन स्वीकृत गरेको हो।
नेपाल धितोपत्र बोर्डका अनुसार अब २३ वटा ब्रोकर कम्पनीले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइ सकेका थिएनन्। अब उनीहरूलाई संशोधित नियमावलीले राहत दिने भएको छ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया