२०८२ असार ४

ललितपुर । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारीमा काम गर्न दिन उच्च अदालत पाटनले आदेश दिएको छ ।
निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न भन्दै अदालतले पाण्डेको पक्षमा आदेश जारी गरेको हो ।
न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको हो ।
पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया