नदिहरुको जुलुस

नन्दलाल खरेल

मुलुकमा सदियौंदेखि वग्रेल्ती नदिहरुको जुलुस छ,
नदिहरुको जुलुसले राज्यलाई चुनौति दिइरहेको छ ।

नदिहरुको जुलुस रोकि देशलाई उज्यालो बनाउनु छ,
तर सरकार जुलुस रोक्न भन्दा नदि वेच्न उद्धत छ ।

नदिहरुको जुलुस हाम्रा खेतबारीमा पठाउनु आवश्यक छ,
तर त्यो जुलुुस छिमेकी देशका वारीमा प्रवेस छ ।

नदिहरुको जुुलुस रोक्न सके औद्योगिक उत्पादन वढ्ने छ,
औद्योगिक उत्पादन वढे स्वदेशमै रोजगार संभव छ ।

नदिहरुको जुलुस प्रति सरकार सधै मौन छ,
युवा जमात वाक्क भई विदेश पलायनको लाइनमा छ ।

नदिहरुको जुुलुसको रफ्तारले भुक्षय वददो छ,
प्राकृतिक प्रकोपको हिसाबले नेपाल अति नै जोखिम क्षेत्रमा छ ।

जलवायु परिवर्तनको असरले नदिहरुले वितण्डा मच्चाएको छ,
सबै कुरा नबुझेर जनता नदिहरुको जुलुस प्रति आक्रोसित छ ।

नदिहरुको जुलुसको मर्म जलविज्ञलाई राम्ररी थाहा छ,
तर जलविज्ञ नदिहरुको जुलुसलाई टोलाएर हेर्न वाध्य छ ।

नदिहरुको जुलुस अझै तिब्र हुने निश्चित छ,
त्यो जुलुस रोक्न डण्डा होइन राम्रो नीति आवश्यक छ ।

नदिहरुको जुलुस रोके ८३ हजार मेघावाट उर्जा निष्कन्छ,
उर्जासँग डलर साटे मुलुक समृद्धि चाँदै हुनेछ ।

प्रकासित मिति २०७८–४–१५

फेसबुकबाट तपाईको प्रतिक्रिया