२०८२ फाल्गुन ६ | Feb 18, 2026

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सोह्रौ वार्षिक साधारणसभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २४
|
3.3k views

ललितपुर । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको सोह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रवार बिहान ११ बजे नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा संचालक समितिका सदस्य, शेयरधनी तथा कम्पनी व्यवस्थापन समितिका सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

काठमाडौंको नक्साल स्थिति कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न उक्त साधारणसभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउँने रु. ८,१०,००,००० (अक्षेरुपी आठ करोड दश लाख रुपैयाँ मात्र) बरावरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने रु. ४२,६३,१५७.८९ प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया