२०८२ भाद्र ६ | Aug 22, 2025

नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा : शुक्रवार एक दिनका लागि बुक क्लोज

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २३


ललितपुर । नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको बिहिबार बसेको सञ्चालक समितिको बैठकले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको उक्त योजनाको लाभांश घोषणा गरिएको हो ।

बैठकले नबिल फ्लेक्सी फण्डका इर्काधीनहरुलाई आर्थिक २०८१/८२ का लागि करसहित ९प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरिएको हो । लाभांश वितरण प्रयोजनका लागि बैठकले आज शुक्रवार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यो खुलामुखी योजना भएकाले लाभांश रकम पुनः लगानी गर्न सकिने योजना व्यवस्थापकले जनाएको छ । त्यस्ता इकाईधनीहरुले साउन २७ गतेसम्म पुनः लगानी योजनामा सहभागी हुन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया