
ललितपुर । नेपालीहरूको महान् चाड बडा दशैंको अवसर पारेर ‘नमिठो जाँडैको धेरै निगार’ बोलको गीत सार्वजनिक गरिएको छ । पुरानो उखान टुक्का बाट जोडिएको यो गीतलाई बुद्धि कुलुङले लेखेका हुन भने यो गीतमा सङ्गीतकार डी जे मेवाहाङले सङ्गीत भरेका छन् ।
गीतमा मेरो भोइस युनिभर्सका दुई फाईनलिस्ट सिजन १ का परेश राई र सिजन २ का जुनु प्रसाईँले आवाज दिएका छन् । गीतको भिडियोमा आसिश लिम्बू र अप्शु वाजी लिम्बुको जोडिलाई देख्न सकिन्छ भने । यस गीतको निर्देशन सङ्गीत आफै डिजे मेवाहाङले गरेका हुन् ।
त्यस्तै तारा कुलुङको निर्माणमा तयार पारिएको गीतमा सङ्गीत समायोजन तथा ध्वनि मिश्रणमा सागर संसार राई, छायाङ्कनमा गङ्गाराम राई,सम्पादनमा अमृत चापागाईँ, नृत्य निर्देशनमा केशवराज भट्ट, शृङ्गारमा रितु कटुवाल रहेका छन् भने यो गीत माहौल रेकर्डिङ स्टुडियोबाट रेकर्डिङ गरिएको हो । गीतको भिडियोलाई तारा कुलुङ युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया